स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड १० औं वर्ष पूरा गरी ११ औं वर्षमा भोलि बाट प्रवेश गर्दै छ । स्वरोजगार लघुबित्त बित्तिय संस्था लिमिटेड कम्पनी ऐन २०६३ बमोजिम लघुवित्त वित्तीय संस्था को रुपमा काभ्रे जिल्ला स्थित बनेपा नगरपालिकमा दर्ता भएको हो ।नेपाल राष्ट्र बैक (नेपाल को केन्द्रिय बैक) बाट ‘घ’ बर्ग को बिकास बैक को रुपमा कार्य गर्ने गरी ( इ स २००९) बि स २०६६ साल साउन ८ गते स्वरोजगार लघुबित्त बित्तिय संस्था लिमिटेड ले अनुमती प्राप्त गरेको हो । यस संस्था स्थापना गर्नु को मुख्य उदेस्य सामाजिक र आर्थीक रुपले पिछडिएका गरीब समुदाय लाई समुह मा आबद्द गरी बित्तिय सेवा प्रदान गरी उनिहरुको आर्थीक अवस्था सुधार गर्नु रहेको यस संस्थाको प्रमुख कार्यकारी अधिकृत मनोज कृष्ण उप्रेतीले बताउनुभयो ।
लघुवित्त कार्यक्रम मार्फत विपन्न तथा आर्थिक अवस्था कमजोर भएका समुदायको आर्थिक सामजिक अवस्थामा सुधार ल्याउन वित्तीय संस्थाले हाल २९ जिल्लामा रहेका ६२ शाखा कार्यालय मार्फत ७८ हजार भन्दा बढी ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा पुर्याउदै आएको यस संस्थाको नायब कार्यकारी प्रमुख समिर राज जोशीले बताउनुभयो ।
साथै स्वरोजगार लघुवित्त वित्तीय संस्था उपयुक्त वित्तीय संस्थासँग गाभ्ने गाभिने वा प्राप्ती सम्बन्धी प्रस्ताव लिएर विशेष साधारण सभा गर्ने भएको छ । साउन ११ गते हुने विशेष साधारण सभामा अरु कम्पनीसँग गाभिए पश्चात कायम हुने चुक्तापुँजीको शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि संस्थाले राखेको छ ।
शुभकामना संदेश

0 Comments