मानिसको मन असाध्यै चंन्चल हुन्छ ।मन माथि कसरी नियन्त्रण गर्न सकिएला हामिले पक्कै पनि यस बिषयमा सोचेको हुनु पर्छ। हामिलाई लाग्छ मन माथि नियन्त्रण असम्भव जस्तै हो । तर ज्ञानि सन्तहरु भन्नु हुन्छ । मनलाई हामि आफैले बिगारेका हौ रे। मनले मागेको गलत कुरालाई पनि हामि आत्मा सँग जोडछौ रे जुन सहि होईन । तपाईलाई के लाग्यो एक पटक यसलाई पढेर हेरौ न त गुरु के भन्नु हुन्छ। धेरै पहिलेको कुराहो । एक ज्ञानी सन्त बजारको बाटो हुदै कतै गईरहेका थिए । एउटा फलफुल पसलमा राम्रा राम्रा सुन्तला बेच्न राखिएको रहेछ । सन्तले देखे । उनि अगाडि बढदै थिए । उनको मनले भन्यो म सुन्तला खान्छु । सन्तले भने हुदैन हामि सुन्तला खादैनौ । मनले भन्यो आज खाउँ,फेरि नखाने । सन्तले मन सँग भने तिमीलाई खानै मन छ भने पहिला हामि जंगल जाऊ । दाउरा खोजौ त्यसलाई बेचौ अनि त्यो पैसा बाट सुन्तला खाउला । यस प्रकार आफनो मनलाई धर्यवान बनाएर सन्त जंगल तिर गए। तीन चार घण्टामा दाउरा खोजेर जम्मा पारे । त्यसलाई बोकेर उनी बजार तर्फ गए । बजारमा गएर दाउरा बेचे अनि त्यो पैसा लिएर फलफुल पसलेकोमा गए सुन्तला किन्न । मलाई यति पैसाको सुन्तला देऊ । पसलेले सन्तलाई सुन्तला तौलेर दियो । तब ज्ञानी सन्तले आफनो मन सँग भने हामि यो सुन्तला कुटीमा गएर खाउला ।मनले मान्यो सन्त गाँउ नजिकै भएको आफनो कुटिमा पुगे । त्यसपछि सन्त आफनो आसनमा बसे र मनलाई भने आज तिमी सुन्तला खान्छौ ,भोली मिठाई,र्पिर्स आँप त्यसपछि अर्को दिन पेडा । यसरी त तिमी मेरो मन नभएर मेरो मालिक हुनेछौ र म तिम्रो नोकर हुनेछु । जस्तो जस्तो तिमी आज्ञा दिदै जानेछौ । त्यस्तै त्यस्तै म तिम्रो आज्ञा पालन गर्दै हिडु ? तिमी नोकर हुनुपर्छ । यो सुन्तला कति मेहनतले आएको छ । तिमी बसिबसि सितैमा खान खोज्छौ, होईन ? म तिमीलाई सुन्तला खुवाएर तिम्रो बानी बिगार्न चाहन्न । तिमी आफनो स्तर नभुल आफनो ठाँउमा बस । यसरी ज्ञानी सन्तले आफनो मनलाई सम्झाई रहेका थिए । त्यसैबेला गाँउका केहि बालक खेल्दै त्यहि आईपुगे । सन्तले भने बाबुहो सुन्तला खान्छौ ? बालकहरुले भने खान्छौ महाराज । सन्तले सबै सुन्तला बच्चाहरुमा बाडिदिए । यस प्रकार मनलाई वशमा गर्न सकिन्छ रे ।


0 Comments