लामो समय देखी मेरो मनमा एउटा कुराले डेरा जमाई रहेको थियो! मलाई लग्थो कि ती भावनालाई एउटा कागजका पानाहरुमा सजायर एउटा सानो उपन्यास बनाऊ कि !व्यस्तता र समय अभाबले गर्दा मैले टि गुनासोहरुलाई लामो समय सम्म गुम्सायर राख्नुपर्ने ब्यध्यता सिर्जना भयो तर आज देखि एउटा सानो जमर्को गर्दै छु ,त्यही उपन्यास लेख्नको लागि !याधपिं मलाई यो थाह छैन कि उपन्यास लेख्दा के –कस्ता प्रक्रियाहरु पुराउनु पर्छ !म त केवल जमर्को मात्र गर्दै छु !एउटा साहित्य संसारको कुनै पनि कुराको वास्तविक ज्ञान नभयको म जस्तो मानिसले लेखेको उपन्यास कस्तो होला !मलाई अस्चार्य लागिरहेको छ !तर प्रयास गर्दैमा आखिर जानेत केहि पनि होईन !त्यसैले लेख्दैछु एउटा सानो उपन्यास ! मेरो उपन्यासको कथा बस्तु मुलत प्रेम भाबले उत्प्रेरित छ !भनिन्छ –संसारमा जित्ने हरुको मात्र इतिहास लेखिन्छ ,हर्ने हरुको होईन !तर मलाई लाग्छ प्रेम एउटा एस्तो बस्तु हो जसमा हर्ने र जित्ने दुबैको इतिहास लेखिन्छ र म त्यही हार्नेहरुको वा जितेर पनि हर्न चाहने हरुको इतिहास कोर्दै छु !बिशेसत किशोर अबस्थामा गरिने प्रें र तेसले भबिस्यमा लिन सक्ने मोड र टि मोडहरुमा मानिसको सपनाहरु कसरि बेचिन्छन अनि त्यसपछिका जीवनका अन्य अवस्थामा हरुमा ती घटनाहरुले कस्तो छाप छोड्न सफल हुन्छ साथै प्रकृतिले आफ्नो सुन्दर काख र आगनीहरुमा प्रेमी प्रेमिका हरुलाई कसरि समेट्छ ,यिनै बिबिध कुराहरुलाई समेट्ने प्रयास गर्दैछु ! मेरो यो *बेचियाका सपनाहरु *शीषक भयको यो उपन्यास मूल बिषय बस्तु प्रेम भयता पनि यसमा म भन्ने एउटा पत्रलाई पत्रलाई मूल पात्रको रुपमा उभ्यायको छु र उसले प्रेम को नसामा डुबेर कसैको लागि गरेको त्याग र तपस्या क्षेत् बिक्षेत् भयका घाउहरुमा लागेको मलम र निको भैसकेको र फेरी बल्झियको त्यही घाउ जसको कारणले आज उ बिरक्त छ अनि तिनै परिवेश भित्र रुमल्लिएको छ मेरो कथा ! मानिसको जिन्दगी सम्झौता नै सम्झौता मिलेर चलेको छ ! एउटा असल साथि जसको मिर्दुभाशामा कति ठुलो आशा अडेको हुन्छ मानिसको ,अनि कति ठुलो बिश्वासको छाहारी रहेको हुन्छ मित्रतामा तिनै कुराहरुलाई समेट्ने प्रयत्न गर्दैछु ! समय- परिस्थिति ,स्थान र ऋतु परिबर्तनसगै आधुनिक प्रेमका रंगहरु कसरि बदलिन्छन् !प्रेमका रङग् हरु कसरि खुलिदै जान्छ !जिबन एउटा सम्झौता हो !त्यही सम्झौता सगै कसरि भरिदै जान्छन !पुन ति रंग हरु अनि कसरि बल्झिन्छन् यादहरु तिनै भाबहरु छन् यसमा !एस्लाई सुन्दर बनाउन मसग कुनै शब्द भण्डार छैन ,कुनै भरपुर कला सिप छैन याधपिं लेखेदैछु एउटा उपन्यास जसमा चोटको कुनै सिमा छैन
0 Comments