कन्ट्री फस्टको उद्धेश्य हो राम्रा मान्छे र राम्रो कानुन द्वारा राम्रो शासन । यसको सपना हो हरेक नेपालीको लागि इज्जत र प्रतीष्ठाको साथ जिउनु जुन कि उसको जन्मसिद्ध अधिकार हो । न्याय केलाई भनिन्छ ? सत्यतालाई जिवनमा उतार्नुलाई न्याय भनिन्छ । मान्छे न्याय चाहन्छन तर आफ्नो सच्चा कर्तव्यबाट बन्चित हुन्छन ।
गरिबी अपराधलाई त्यति बढावा दिदैन जति अपराध गरीबिलाई दिन्छ । दोषीलाई सजाय नदिनु मानवतामाथी अत्याचार हो । जहाँ झुठको खेती हुन्छ त्यहाँ न्याय मिल्दैन बल्की बिक्ने गर्छ । जहाँ न्याय हुदैन त्यहाँ नागरीकहरुको नजरमा कानुनको लागि इज्जत हमेशाको लागि खस्ने गर्छ । " जब कोहि राम्रो अफिसर इमानदारी सित काम गर्न चाहन्छ या त उसलाई माथीबाट दबाब आउने गर्छ या उसको ट्रान्सफर भइदिन्छ " ।
अन्याय देश आफ्नो विनाशलाई आफै चुनौती दिन्छ । एउटा भ्रष्ट समाज कहिल्यै स्वन्त्रत हुन सक्दैन । एउटा भ्रष्ट समाजमा कानुनी काम गर्नको लागि गैरकानुनी बाटो अख्तियार गर्नुपर्दछ । ५५ % जेलहरुमा मान्छेहरु आफ्नो सुनुवाइको प्रतीक्षा गरीरहेका छन । धेरैवर्ष देखि उनिहरु बिचमा केही धेरै निर्दोष पनि हुन्छन ।तपाई र म पनि त्यहाँ हुन सक्थ्यौ । यदि हुन्थ्यौ भने के हामी चाहन्थिएनौ कि कोहि हाम्रो लागि आवाज उठाओस ।

0 Comments