
दैनिक
जीवनमा कम्प्युटर प्रयोग गर्ने सबै साथीहरुलाई Start-upapplicationsअर्थात
कम्प्युटर खोल्नासाथ अटोमेटीक रुपमा आफैँ खुल्ने applications जस्तैः
Yahoo messengers, Windows messengers, कुनै Media player etc को बारेमा
पक्का पनि केही न केही ज्ञान अवश्य रहेको हुन्छ । यस्ता applications हरु
प्रत्येक चोटी कम्प्युटर खुल्दा आफैँ खुल्ने हुदाँ कम्प्युटर खुल्नलाई केही
बढि नै समय लाग्ने तथा प्रत्येक चोटी बन्द गर्नुपर्ने हुदाँ झन्झटिलो
हुन्छ । साथीहरुको यही समस्यालाई ध्यानमा राखी मैले हजुरहरुलाई एउटा सजिलो
उपाय बताउन गइरहेका छौँ, जसको प्रयोग ले (Start-up applications बाट
मुक्ति दिलाउने छ । जसको लागि
१. सर्वप्रथम Start button मा क्लिक गरेर Run मा क्लिक गर्नुहोश ।
२. त्यसपछि चित्रमा देखाएझै Run Boxमा msconfig टाइप गर्नुहोश र enter press गर्नुहोश ।
३.
त्यसपछि चित्रमा देखाएझै System Configuration Utility Box देखापर्छ
त्यसमा Start Up Tab मा क्लिक गर्नुहोश र Location मा common Sart Up भएका
applicationहरुमध्ये हटाउन चाहानुभएको application अगाडिको बक्समा रहेको
Check mark चित्रमा देखाएझै हटाइदिनुहोश ।
४.अब Apply button र Ok button मा Clcik गर्नुहोश र कम्प्युटर एकचोटी Re-Start गर्नुहोश ।
अब पछिल्लो पटक तपाईको कंप्यूटर स्टार्ट हुदा तुलनात्मक छिटो हुने गर्दछ /
0 Comments