प्रकाशित सामग्रीहरु

6/recent/ticker-posts

सुख र समृद्धिको आधार, सबैको लागि स्वरोजगार

सुख र समृद्धिको आधार, सबैको लागि स्वरोजगार

नेपाली समय

ऋतुपरिवर्तन र रुघाखोकि गराउने विषाणु


रुघाखोकि कुनै एउटा विषाणुले गराउने रोग नभै सयौं थरिका दसौं प्रजातिका विषाणुले गराउने सङ्क्रमणको साझा लक्षण हो। ऋतुपरिवर्तनको समयमा बिहानबेलुका चिसो र दिउसो गर्मी हुनाले ई विषाणु फैैलिन उपयुक्त वातावरण बञ्छ। धेेरै जसोलाई सामान्य लक्षण देखाई केइ दिनमा ठीक भएपनि र कसै कसैलाइ विशेष गरि बालवृद्ध र अरु सासका वा मधुमेह भएकाहरुलाई कडा रोगसम्म गराउने इन्फ्लुएञ्जा कोरोना वाइरस जस्ता सासबाट सर्ने विषाणुजन्य(Viral) रोगहरुबाट बच्ने उपाय केही उपाय :

१. रोग लागेको थाहा भएका व्यक्तिसित आवश्यक भएमा मात्र भेेट्ने, धेेरै नजीक नबस्ने, तिनले चलाएका कुरा जस्तै ढोकाको चुुकुल वा ह्याण्डल नसमात्ने , चलाइहालेमा राम्रोसित हात धुुने ।

२. खोकिलागेका व्यक्तिले खोक्दा मुख नछोपि खोक्दा पनि छिटा नआउने दूरिमा बस्ने


३. विशेष गरी मधुमेह भएका वा रोगप्रतिरोधी क्षमता कमभएका जस्तै प्रतिरोधी क्षमता घटाउने औषधि खाएका व्यक्ति भीडभाडमा नजाने, शङ्कास्पद बिरामिको सम्पर्कमा नजाने।


४. कसैसित पनि हात मिलाउने अङ्कमाल गर्ने कार्य सकेसम्म नगर्ने, नमस्कार गर्ने । हात मिलाइहालेमा राम्रोसित हात धुने।


५. घरबाहिर वा सार्वजनिक स्थानमा गएर आएपछि राम्रोसित हात धुुने, नधोइञ्जेेल नाक, मुुख,आँँखा नचलाउने ।


६. खोक्दा मुख छोप्ने। रुघाखोकिलागेका र ज्वरो आएका व्यक्तिले पूर्ण विश्राम गर्ने धुुलो धुुवाँबाट जोगिने।


७. ताजा तातो भोजन गर्ने। मरिच,अदुवा पिप्ला मसलाको रूपमा प्रयोग गर्ने। ल्वाङ, तुलसीको पात,गुर्जोको लहरा आदिको काढा बनाएर पिउने ।


केहि समय हेर्ने निको नभए नजिको अस्पतला जानुपर्दछ

Post a Comment

1 Comments