कम्प्युटर फरम्याट गर्ने र Default Settings मा reset गर्ने तरिका
साबधान
:
(आफ्नो कम्प्युटर फरम्याट गर्नु भन्दा पहिला
आफ्नो महत्वपूर्ण फाइलहरु, डाटाहरु, प्रोग्रामहरु आदी को साथ साथै सम्बन्धित Driver
हरु सबैको ब्याकअप राखुहोस् किनभने तपाईंले आफ्नो कम्प्युटर फरम्याट गर्दा यि सबै
मेटिन्छन । धेरै जसो कम्प्युटरमा अपरेटिङ सिस्टम Drive C मा instal गरिएको हुन्छ ।
कम्प्युटरमा HardDrive को कती वटा partition गरिएको छ ? जस्तै Drive C, Drive D,
Drive E आदि । Drive C मा अपरेटिङ सिस्टम instal गरिएको छ भने Drive C मा भएका
(Save गरिएका) आफ्ना सबै महत्वपूर्ण फाइलहरुलाई अर्कै Drive D अथवा Drive E मा लगेर
save गरिदिनुहोस् । )
अब कम्प्युटर फरम्याट गर्ने तरिका तिर अगाडि बढौ
१) सबभन्दा पहिला तपाईं सँग operating system सि.डि वा डि.भि.डि हुनु जरुरी हुन्छ र उक्त Disc तपाईंले आफ्नो कम्प्युटरको सि.डि वा डि.भि.डि drive भित्र हाल्नुहोस् ।
अब कम्प्युटर फरम्याट गर्ने तरिका तिर अगाडि बढौ
१) सबभन्दा पहिला तपाईं सँग operating system सि.डि वा डि.भि.डि हुनु जरुरी हुन्छ र उक्त Disc तपाईंले आफ्नो कम्प्युटरको सि.डि वा डि.भि.डि drive भित्र हाल्नुहोस् ।
३) जब तपाईंको कम्प्युटर restart हुँदै छ तपाईंले
screen मा "Press any key to boot from CD" भन्ने मेसेज आएपछि keyboard को कुनै कि
प्रेस गरिदिनुहोस् ।
@ यदि तपाईंको screen मा यो मेसेज आएको छैन भने
तपाईंले boot sequence reset गर्नु पर्ने हुन्छ र त्यसको लागि कम्प्युटरको BIOS
settings भित्र जानु पर्ने हुन्छ । BIOS settings भित्र जान कम्प्युटर restart
गर्नुहोस् , जब restart हुँदै छ तब कि बोर्ड मा Delete कि थिची राख्नुहोस् । केही
सेकेन्ड पछि कम्प्युटरको स्क्रीनमा BIOS mode देखा पर्नेछ । त्यहा boot sequence
options मा CDROM drive to be 1st option छान्नुहोस् र save चेन्ज गरेर exit
गर्नुहोस् ।
४) अब फेरी स्टेप ३ दोहर्याउनुहोस् , सि.डि लोड
हुनेछ र निलो स्क्रीन देखा पर्नेछ र सि.डि को फाइलहरु कपि हुन थालनेछ । एक छिन
कुर्नुहोस् । केही मिनट पछि setup ? मेसेज आएपछि Enter गरिदिनुहोस् ।


५) अब windows install कुन Drive मा गर्ने अथवा
कुन drive लाई Format गर्ने भन्ने option देखा पर्नेछ , तपाईंको कम्प्युटरको कुन
Drive मा operating system install गरिएको छ त्यो drive छान्न्हुहोस् (Normally
Drive C मा opereting system install गरिएको हुन्छ ) । छानिसके पछी Enter गर्नुहोस्
।


६) अब अर्को स्टेपमा कुन फाइल सिस्टम मा Drive
Format गर्ने हो छान्नु पर्ने हुन्छ । NTFS option छिटो हुन्छ र formatting option
"Quick" छान्नुहोस् र Enter थिच्नुहोस् ।


७) अब कम्प्युटर फरम्याट प्रोसेसमा गयो । कती
बेरमा सकिन्छ त्यो भने कम्प्युटरको hard Drive को साइज र speed मा भर पर्छ
।
८) बिचमा टाईम place छान्नुपर्ने option आउन सक्छ
। ओके ओके गरिदिनुहोस् ।
९) फरम्याट सकिसकेपछि opetating system files कपि
हुन थालछ र install भईसकेपछि कम्प्युटर आँफै restart हुन्छ ।


१०) अब कम्प्युटरमा सम्बन्धित driver हरु एक एक
गरी install गर्नुपर्ने हुन्छ

0 Comments