जब जब ओठ मा हाँसो अनुहारमा चमक अनि साथमा कोहि माया गर्ने मानिस हुन्छ त्यति बेला त संसार नै आफ्नो जस्तो महसुस हुदो रैछ l तर त्यो पल जीवन मा सधै कहाँ हुदो रैछ र, घाम उदाए पछी अस्ताउदो पनि रैछ नि l दिन को घाम मा मस्त रमाएर रात को अन्धकार लाई नै भुले पछी जीवन को त्यो मुस्कान आफै हराएर जाँदो रैछ l अनि त्यति बेला मात्र याद आउदो रैछ संसार आफ्नो मात्र होइन रैछ भन्ने कुरा l जब ति कुरा याद आउछ त्यति बेला सम्म घाम अस्ताउदो रैछ अनि अन्धकार मा बाल्न कै पनि हुन्न रैछ अनि मात्र पो जीवन को महत्तो थाहा हुदो रैछ l त्यति बेला पछुताएर बस्नु भन्दा बाहेक केहि हुन्न रैछ l आज भोग्दै छु त्यो अन्धकार, आज सोच्दै छु घाम हुँदा नै अन्धकार को बारेमा सोचेको भए जीवन मा खुसि हुदो रैछ तर आहिले त बहुत ढिलो पो भैसकेछ तेसैले सके पनि नसके पनि अन्धकार को जीवन मा संगर्ष गर्दै छु र कुनै दिन घाम लाग्ला र त्यो पुरानो हाँसो र चमक फर्कला भन्ने आस गरेर जीवन बिताउदै छु l
1 Comments
Dami bro
ReplyDelete